☰ open Loading... 22 June 2024|  

बच्चा जन्मिएपछि बलात्कार मुद्दामा ५० वर्षीय कवँर पक्राउ
  | ५ आश्विन २०७९, बुधबार ०५:१०

दाङ । बलात्कार मुद्दामा जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१२ वनकट्टीका ५० वर्षीय नन्दलाल कवँर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका बच्चा जन्मिएपछि बलात्कार मुद्दामा कवँरलाई पक्राउ गरिएको हो ।

आफ्नै नाता पर्ने १६ वर्षीया किशोरीले बच्चा जन्माएकी ९ दिनपछि सोमबार (हिजो) प्रहरीमा उजुरी परेपछि प्रहरीले कवँरलाई पक्राउ गरेको हो । उजुरीमा कवँरले २०७८ माघ २७ गते राति १६ वर्षीया किशोरीलाई घरमा बलात्कार गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २५ गते उक्त किशोरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन् । आफन्त भएकाले घटना मिलाउन धेरै प्रयास गरेको देखिएको र गर्भ फाल्ने सम्भावना नभएपछि जिम्मा लगाउन खोज्दासमेत कवँरले नमानेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सात महिनामा नै बच्चाको जन्म भएकाले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । पक्राउ परेका कवँरविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।