☰ open Loading... 12 June 2024|  

थप ५४ जनामा कोरोना संक्रमण
  | १२ आश्विन २०७९, बुधबार ०५:०७

काठमाडौंः पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१ हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १४४ जना रहेको छ ।