| १५ आश्विन २०७९, शनिबार ०५:१६
काठमाडौंः पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ हजार ५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १०३ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर १ हजार ४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।