☰ open Loading... 24 July 2024|  

सुर्खेतमा नक्कली चिकित्सक पक्राउ
  | २८ आश्विन २०७९, शुक्रबार ०५:२४

सुर्खेत — जिल्ला प्रहरी कार्यलय सुर्खेतले वीरेन्द्रनगरमा दन्त चिकित्सालय सञ्चालन गर्दै आएका चिकित्सकलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई नक्कली भएको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दाँत अत्यधिक दुखेको भन्दै क्लिनिक पुगेकी वीरेन्द्रनगरकी एक महिलाको दुख्ने दाँतसँगै अर्को पनि चिकित्सक महताराले निकालिदिएका थिए । त्यसपछि ती महिलालाई अत्यधिक दुखाई र रक्तस्राव भएपछि महतारा नक्कली चिकित्सक भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।उजुरीका आधारमा महतारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए ।