☰ open Loading... 16 February 2025|  

पार्टीले दिएको जिम्मेवारी बहन गर्न तयार छु: उपसभापति खड्का
  | १ कार्तिक २०७९, मंगलवार ०५:१२

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ गतेपछि आफूलाई पार्टीले दिने जिम्मेवारी बहन गर्ने बताएका छन्।

सुर्खेत विमानस्थलमा नेपाल प्रेस यूनियन जिल्ला शाखा सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा भावी सरकारको नेतृत्व तपाईँले गर्नुहुन्छ? भन्ने प्रश्नमा नेता खड्काले पार्टी र देशको राजनीति अवस्थाबाट जिम्मेवारी दिए जिम्मेवारी बहन गर्ने प्रतिक्रिया दिएका हुन्।

काँग्रेस नेता खड्काले देश र पार्टीका लागि आफूले खेलेको भुमिकाका कारण अव पार्टीले दिने जिम्मेवारी बहन गर्ने बताएका छन्। जिल्लादेखि केन्द्रसम्म देश र पार्टीका लागि समन्वयकारी भुमिका घटनाक्रमहरुमा निर्वाहका कारण अव पार्टीले जिम्मेवारी दिने खड्काले बताए। ‘अब राजनीतिमा हस्तक्षेपकारी भूमिकामा जाने मनसाय बनाएको छु।’ उपसभापति खड्काले भने, ‘मैले ७ वर्ष पहिले अर्घखाँचीमा अब मन्त्री बन्दैन् भनेर घोषणा गरेको थिए। कसैले विश्वास गरेनन् त्यसयता मन्त्री पनि भईन। केन्द्रीय राजनितिमा आफुले गरेको कामप्रति सन्तुष्ट भएकाले जिम्मेवारीलाई बहन गर्नेछु।’

आफूहरु निर्वाचित हुँदा सुरु गरेका तर अधुरा भौतिक निर्माणका कार्यक्रमहरु पहिलो प्राथकितामा राखेर आगामी निर्वाचनपछि कामहरु गर्ने नेता खड्काले बताए। ‘जनताको जनमतपछि जिम्मेवारी बहन हुनेछ।’ अर्को प्रसंगमा खडकाले भने, सरकार निर्माण विवादरहित हुनेछ।’  जनताको आर्थिक प्रगतीका लागि विकासका कार्यक्रमहरु गरिने र प्रदेश राजधानीलाई व्यवस्थीत गर्न केन्द्रित भएर कार्यक्रम गरिने उपसभापति खड्काले बताए। कर्णालीमा विकासका लागि कुनै पनि कसर नराख्ने गरि कार्ययोजना बनाईएको समेत खड्काले जानकारी दिए।