| ७ कार्तिक २०७९, सोमबार ०५:०३
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।एक हजार २ सय ५० जनामा गरिएको नमूना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६ सय ९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।



