| ८ कार्तिक २०७९, मंगलवार ०५:१०
नेपालगन्जः नेपालगन्जमा गोली चलेको छ । त्रिभुवन चोकमा युवाहरूको सामान्य झगडामा आइतबार साँझ गोली चलेको हो ।
गोली हान्ने धम्की दिँदै फायर गर्नेलाई प्रहरीले खोजी कार्य अगाडि बढाएको जनाएको छ । नेपालगन्ज वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो ।
प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाइ फायर गरेर भागेको बाँके प्रहरीले जनाएको छ ।