☰ open Loading... 16 June 2024|  

थप २९ जनामा कोरोना संक्रमण
  | १६ कार्तिक २०७९, बुधबार ०४:५४

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ सय ३४ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै, थप २३ जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय २८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।