☰ open Loading... 16 February 2025|  

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, के-के समेटिए ? (पूर्णपाठ)
  | १६ कार्तिक २०७९, बुधबार ०४:५६

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, के-के समेटिए ? (पूर्णपाठ)

 

 

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

 

एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।

 

करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।