☰ open Loading... 16 June 2024|  

मुगुमा विद्युत सेवा अवरुद्ध हुँदा दर्जनौ बस्ती अन्धकार
  | १७ कार्तिक २०७९, बिहीबार ०५:०९

मुगु । गत असोज १९ गते आएको बाढी–पहिरोले गमगाढ जलविद्युत आयोजनामा क्षति पु¥याएपछि जिल्लाको सदरमुकामलगायत दर्जनौ बस्ती अन्धकारमय बनेका छन् । एक महिनादेखि विद्युत सेवा अवरुद्ध हुँदा यहाँका जनजीवन कष्टकर बन्नुका साथै सरकारी कामकाज पनि ठप्प भएका छन् ।

दशैं लगत्तै आएको बाढी–पहिरोले मुगुमा भौतिक पूर्वधारा तथा धनजनको ठूलो क्षति पु¥याएको हो । बाढी–पहिरोले गमगाढ साना जलविद्युत आयोजनामा क्षति गरेसँगै सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौ बस्तीका ३१ सय बढी ग्राहकहरु विद्युत सेवाबाट बञ्चित भएका हुन् ।

 

लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आवश्यक काम गर्न कठिन भइरहेको मुख्य निर्वाचन अधिकृत दिल कुमार बर्देवाले बताए । अहिले विद्युत नहुँदा जेनेरेटर र सौर्य उर्जा (सोलार)मार्फत् काम भइरहेको उनेल बताए ।

त्यस्तै बाढी–पहिरोका कारण विद्युत आपूर्ती ठप्प हुँदा कार्यालयबाट दैनिक अनलाइनबाट दिँदै आएको जग्गा सम्बन्धी सेवा पनि ठप्प भएको जिल्ला नापी कार्यालयका कार्यालय प्रमुख विनिता शाहीले बताइन् ।

 

२०६८ सालबाट सञ्चालनमा आएको गमगढा विद्युत आयोजनामा पटक–पटक समस्या आउने गरेको थियो । सोही क्रममा गत असोजमा आएको अविरल वर्षासँगैको बाढी–पहिरोले विद्युत गृहको क्यानललगायत विभिन्न ठाउँमा पोलहरु ढलेका छन् ।

तत्कालका लागि जेनेरेटरबाट भएपनि बिहान बेलुका दुई–दुई घण्टा विद्युत सेवा सूचारु गर्ने र विद्युत सञ्चालनका लागि तीब्र गतिमा काम भइरहेको गमगढ साना जलविद्युत आयोजनका कार्यालय प्रमुख दिर्नेश पौडेलले बताए । उनले अब ४५ दिनभित्र काम सम्मन्न गर्ने गरी काम भइरहेको जनाकारी गराए ।