☰ open Loading... 15 February 2025|  

लागुऔषध सम्बन्धी कसुरमा दुई जना पक्राउ
  | १७ कार्तिक २०७९, बिहीबार ०५:२५

दैलेख  :  जिल्ला प्रहरी कार्यालय दैलेखले आगुऔषध सम्बन्धि कसुरमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–२ का २९ वर्षिया शंकर भट्टराई र २७ वर्षिया योगेश सिजापती रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पुरुषोत्तम कार्कीका अनुसार नारायण नगरपालिका – १ पुरानो बसपार्क स्थित रहेको जयदुर्गा होटलमा लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटिई खानतलासी गर्दा निजहरुले आफ्नो अगाडी राखी सेवन गरी रहेको प्लाष्टिक सहित नापतौल गर्दा ७० मि.ग्रा र प्लाष्टिक बाहेकको ४५ मि.ग्रा लागुऔषध ब्राउनसुगर जस्तो देखीने खैरो धुलो पदार्थ फेला पारी पक्राउ गरिएको छ ।

रितपुर्वक बरामदी गरी प्रतिवादी शंकर भट्टराई र योगेश सिजापतिलाई जिल्ला अदालत दैलेखबाट पहिलो पटक ७ दिन म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।