☰ open Loading... 16 June 2024|  

थप९ जनामा कोरोना संक्रमण
  | १ मंसिर २०७९, बिहीबार ०५:१७

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २४ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७५ जनामा झरेको छ ।

२४ घण्टामा ३३ हजार दुई सय छ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।