☰ open Loading... 12 June 2024|  

सुर्खेत २ बाट एमालेका यमलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित
  | ८ मंसिर २०७९, बिहीबार ०६:०५

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन्। एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन्।

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ सय ६१ छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुर्य बहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरेका छन्।