☰ open Loading... 19 June 2024|  

समानुपातिक मतगणनामा रास्वपाले माओवादीलाई उछिन्यो
  | १२ मंसिर २०७९, सोमबार ०५:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (माओवादी केन्द्र)लाई उछिनेको छ ।

९० लाख ९३ हजार ७६१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ ।
२४ लाख ७८ हजार ५४४ मत सहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेस २३ लाख ५६ हजार १९० मत पाउँदै दोस्रो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ३७ हजार ८०१ सहित पाँचौ स्थानमा छ ।