☰ open Loading... 10 February 2025|  

गायक दिल दैलेखीको तिम्रो छायाँ लाई बजारमा
  | १२ मंसिर २०७९, सोमबार ०५:५४

 

यामराज बिष्ट दैलेख- लोकप्रिय गायक दिल दैलेखी र चर्चित गायिका रेजिना परियारको सुमधुर स्वरमा रहेको लोकदोहोरी गीत तिम्रो छायाँ लाई सार्वजनिक भएको छ । ‘तिम्रो छायाँ लाई गीत आईतबार सार्वजनिक भएको हो । यस गीतमा अविरल घर्ति मगरको उत्कृष्ट शब्द सिर्जना लोकप्रिय गायक जय देवकोटाको संगित रहेको छ ।

गीतको भिडियोमा मोडल आर्या एस बि सुबास, दैलेखी चेली अस्मिता चन्द, रोजिना पुलामि, अविरल घर्ति मगरलाई अभिनयमा देख्न सकिन्छ।यस गीतको म्युजिक भिडियो निर्देशक दिल दैलेखीले निकै उत्कृष्ट दृश्य सहित निमार्ण गरेका छन ।

गायक दैलेखी आफूलाई सबै प्रकार गीत संगीत रुचाउने गायक भन्दछन्। गायक दैलेखीले पछिल्लो समयमा १दर्जन भन्दा बढि गीतमा लय शब्द सिर्जना गरिसकेका छन्। आफूलाई नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको गायक दैलेखीले पश्चिम नेपाललाई बताए।