☰ open Loading... 10 February 2025|  

वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन
  | १२ मंसिर २०७९, सोमबार १७:०८

 

यामराज बिष्ट  दैलेख –नारायण नगरपालिका वडा नं- १ मा वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ। वडा नं- १ का वडाअध्यक्ष शैलेश कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्य रहेको वडा स्तरीय प्रारम्भिक बाल समिति गठन गरिएको हो ।

समितिका सदस्यमा जगत प्रसाद कोइराला,दुर्गा कुमारी श्रेष्ठ,अमृता नेपाली,भगीरथी नेपाली,रमा कुमारी श्रेष्ठ,शिबराज पुलामी,तेजेन्द कुमार थापा,सबिना विक,गोपाल कुमार श्रेष्ठ रहेका सेतो गुराँस दैलेखकी निर्देशक राधा मल्ल बताईन् ।

नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलिकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्तर्गत वडा स्तरीय बालविकास समिति गठन गरिएको ,११ वटै वडामा गठन प्रक्रिया सुरु गरिएको सेतो गुराँस दैलेखकी निर्देशक मल्ल जानकारी दिईन् ।

उनले भनिन् प्रारम्भिक बाल्यअवस्थामा गरेको लगानि खेर नजाने भएकोले सहभागितात्मक योजना तर्जुमा चरण देखि नै अभिभावकहरुको समेत उल्लेख्य सहभागितामा योजना बनाइ वडाको बजेट विनियोजन गर्दा प्राथमिकतामा पार्नु पर्ने समेत उनले आग्रह गरिन् ।

 

यस्तै नारायण नगरपालिकामा रहेका बालबालिकाको सगम्र विकासको लागि सबै जना लागी पर्न वडाअध्यक्ष शैलेश कुमार श्रेष्ठले आग्रह गरेका छन्।

उनले भने बालविकास सम्बन्धित कार्यक्रमहरु सेतो गुराँस बालविकास सेवा दैलेखसंग सहकार्य गरेर गर्ने योजना रहेको समेत जानकारी दिए। वडा स्तरीय बालविकास समितिको बैठक नियमित गरि साना बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान पुर्याउनु पर्ने आवश्यकता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाका सदस्य, विषयगत शाखा प्रमुख,कर्मचारीहरुको सहभागिता रहेको थियो ।