☰ open Loading... 22 June 2024|  

नेशनल लाइफद्वारा सुर्खेतमा अभिकर्ता प्रशिक्षण
  | १५ मंसिर २०७९, बिहीबार ०४:५९

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताको सहभागिता थियो ।

 

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए ।

 

कम्पनीका बजार व्यवस्थापन विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुतिकला सम्बन्धमा प्रशिक्षण दिएका थिए । भने सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले  सम्मान गरेका थिए ।