☰ open Loading... 12 June 2024|  

हालसम्म ७ राजनीतिक दललाई राष्ट्रिय पार्टीको मान्यता
  | १७ मंसिर २०७९, शनिबार ०५:१२

काठमाडौंः निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएका जनाएको छ । शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार सात वटा दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएका आयोगले जनाएको छ ।

 

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

 

समानुपातिकतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना हुँदा एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । दोलखा, बाजुरा र स्याङजामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सकिने अनुमान गरेको छ ।