☰ open Loading... 22 March 2025|  

सदरमुकाम गाभिए प्रहरी चौकी
  | २४ मंसिर २०७९, शनिबार ०५:१४

हुम्लामा हिमपात हुन थालेसंगै प्रहरी चौकीहरु सदमुकाम सिमकोटस्थित  जिल्ला प्रहरी कार्यालयमा गाभिएका छन्। हिउँदमा अत्याधिक हिमपातले प्रहरी बस्नै नसक्ने अवस्था आउने भएका कारण प्रहरी चौकीहरु केहि महिनाका लागि सदरमुकाममा सारिएका हुन्।

नाम्खा गाउँपालिकामा रहेको दुई सिमा प्रहरी चौकी सिमकोटमा सारिएको हो। नाम्खा गाउँपालिका –५ हिल्सा र ६ वडास्थित लिमीको सुनखानी प्रहरी चौकी सदरकामुकाम सिमकोटमा साएिको हो। हिल्सामा १३ र लिमीमा ११ जनाको प्रहरी टोली सदरमुकाममा आएको जनाईएको छ। हिमपात चिसो बढेसंगै सिमाका प्रहरीलाई बस्न गाह्रो हुने भएकाले प्रहरी चौकीको सवै प्रहरीहरु जिल्लामै आएका कर्णाली प्रदेश प्रहरी  कार्यालय सुर्खेतले जनाएको छ। सिमाको प्रहरी चौकीमा ताला लगाएर प्रहरीहरु चिसो सिजनभर सदरकामुकाम सर्ने गर्छन् भने सशस्त्र प्रहरी वलको प्रहरी टोली हिल्सामा हिउँदभरको खाद्यान्न संकलन गरेर हिमपातमा पनि सिमामै बस्दै आईरहेका छन्।