☰ open Loading... 16 February 2025|  

मुख्यमन्त्रीका दावेदार कंडेल विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, पुनः मत गणना गराउन माग
  | २५ मंसिर २०७९, आईतवार ०५:२१

सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवम सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई ‘क’ बाट गठबन्धनका उम्मेदवारलाई झिनो मतान्तरले पराजित गरेका मुख्यमन्त्रीका दावेदार यामलाल कंडेल विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कालीप्रसाद शाक्यले मतगणनामा धाँधली भएको आरोप सहित पुनः मत गणना गरिपाउँ भन्दै अदालतमा मुद्दा दर्ता गरेका हुन ।

‘हिजो तीन बजे मुद्दा दर्ता भएको हो । विपक्षीको नाउँमा पेशी तोक्ने, तारेख तोक्ने लगायतका कार्य सर्वोच्चले केहि दिनमा गर्ला ।’  संक्षिप्त कुरा गर्दै शाक्यले भने ।

मंसिर चार गते भएको निर्वाचनमा कंडेल १६१ मतान्तरले विजयी भएका थिए । उनले १८ हजार ५६१ मत ल्याए भने कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४०० मत पाएका थिए ।

उम्मेदवार शाक्यले आफ्नो जीत निश्चित भएपनि मतगणनामा तलमाथि गरेर कंडेललाई जिताइएको आरोप लगाउँदै आएका छन् ।