☰ open Loading... 9 February 2025|  

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको अध्यक्षमा बिष्ट
  | २५ मंसिर २०७९, आईतवार २१:३३

 

 


देलेख –राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति दैलेखको अध्यक्षमा यामराज बिष्ट चयन भएका छन् ।आइतबार दैलेख सदरमुकाममा सम्पन्न प्रतिष्ठानको तेस्रो जिल्ला अधिवेशनबाट बिष्ट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा हेमराज अधिकारी, द्धितिय उपाध्यक्षमा कृष्ण कमल अधिकारी, महिला उपाध्यक्ष रेखा थापा,सचिवमा कृष्ण बहादुर सुनार,सह-सचिब हेमेन्द्र बिश्वकर्मा ,कोषाध्यक्ष खगेन्द्र खड्का चयन भएका छन ।

यस्तै कार्यसमिति सदस्यहरुमा रमा बस्नेत,ध्वज बहादुर बुढा, प्रसान्त खड्का, यामराज सुनार ,कुस्मा थापा,खगेन्द्र गौतम,पुष्कर खड्का रहेका छन् ।

 

नवनिर्वाचित पदाधीकारीहरुलाई गायक लोकेन्द्र जिसी कुमारले गितसंगितले मानिसलाई सकरात्मक दिशातर्फ अगाडि बढ्न प्रेरित गर्ने भएकाले लोक गित संगितको संरक्षणको लागी सबै जिम्मेवार हुन आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष अभिषेक अनुरागले बधाइ ज्ञापन गर्दै आफ्नो पेशाप्रति प्रतिवद्व भएर लोक तथा दोहोरी गीतलाई पेशागत रुपमा मर्यादित र व्यवस्थित बनाउनका लागि इमान्दार भएर काम गर्न आग्रह गरे ।

यस्तै प्रेस चौतारी नेपाल दैलेखका अध्यक्ष पुष्कर थापाले लोक तथा दोहोरि गित सङ्गीतको रक्षार्थ निस्वार्थ भएर काम गर्न आग्रह गर्दै नबनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको सुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष यामराज बिष्टले प्रतिष्ठानको गरिमालाई उचो बनाउनका लागि अग्रजहरुसंग सुझाव सल्लाह गरेर समितिको सामुहिक र संस्थागत निर्णयमा अघि बढ्ने बताए।
कार्यक्रममा गायक लोकेन्द्र जिसी कुमार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष अभिषेक अनुराग, पत्रकार बिष्णु शर्मा ,तिर्थ भष्डारीलाई सम्मान गरिएको थियो ।