☰ open Loading... 22 June 2024|  

कोलीकोट डोजर दुर्घटनाः थप एक जनाको शव भेटियो
  | २८ मंसिर २०७९, बुधबार ०५:०३

कालीकोटमा डोजर दुर्घटना हुँदा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

गत शनिबार डोजर दुर्घटना हुँदा बेपत्ता भएका कैलालीका २३ वर्षका मङ्गल सोडारीको शव मंगलबार भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता प्रहरी उपरीक्षक शुभराज बमले जानकारी दिए । उनका अनुसार यसअघि हिजो शान्नीत्रिवेणी गाउँपालिकाका उमेश गिरीको शव भेटिएको थियो ।

 

यसअगाडि शनिबार कालीकोटका चरित्र सार्की र युवराज बुढाको घटनास्थलमै र मिलन शाहीको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

दुर्घटनामा परी हराइरहेका रक्तिम सार्कीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी उपरीक्षक बमले बताए । शनिबार दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षणका क्रममा डोजर दुर्घटनामा परेको थियो ।