☰ open Loading... 20 April 2024|  

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने
  | १८ माघ २०७९, बुधबार ०८:४२

लोकेन्द्र जिसी कुमार
दैलेख- टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । आगामी माघ २१ गते उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने भएको छ ।

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।

टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने । गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।

सो क्रममा गायिका टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य र सभ्य रुपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकी छन् ।