| १ फाल्गुन २०७९, सोमबार ०५:१३
वीरेन्द्रनगर — सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बसपार्कमा आइतबार दिउँसो २ बजेतिर अन्दाजी ६२ वर्षकी महिलालाई बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिएको हो ।
उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।