| १८ फाल्गुन २०७९, बिहीबार ०७:२५
यामराज बिष्ट दैलेख- लोकप्रिय गायक खुमन अधिकारी र गायिका सुशिला गौतमको सुमधुर स्वरमा ‘घन्काउँदै बाजा’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।शुक्रबार सुशिला गौतम युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।
आफैंले कोरेको शब्दमा गायिका गौतमलेले संगीत भरेकी हुन् ।गीतको भिडियोमा गायिका गौतम र गायक अधिकारीसँगै मोडल रीना थापा, अभिषेक खड्का, कमला गौतम, तेजनारायण पौडेल, कमला न्यौपाने लगायतको अभिनय रहेको छ ।भिडियोलाई दुर्गा पौडेलले निर्देशन र छायाँकन गरेका हुन् भने नविन घर्ती मगरको सम्पादन रहेको छ।
गायिका गौतमले आफूलाई सबै प्रकार गीत संगीत रुचाउने बताइन्।आफूलाई नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको उनले पश्चिम नेपाललाई बताइन्।