☰ open Loading... 24 July 2024|  

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
  | २३ फाल्गुन २०७९, मंगलवार १९:२२

सुर्खेत । बिरेन्द्रनगर सुर्खेत स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् ।

सोही सहकारीमा बिरेन्द्रनगर १६ का २८ वर्षीय ज्ञान बहादुर वलीले दैनीक मजदुरी गरेर उक्त सहकारीमा मासीक दुई हजार छ सय रुपैयाँ छोराको नाममा जम्मा गर्ने गरेका थिए। उनको बचत ३१ हजार रुपैयाँ पुगेको थियो।
पटक पटक धाएर पनी पैसा पाउने छाँटकाँट छैन। छोरालाइ उच्च शिक्षा पढाउन सजिलो होला भनेर बचत गरेको रकम निकाल्न खोज्दा सहकारीका व्यवस्थापक नै फरार भएको उनले बताए।
‘दैनीक मजदुरी गरेर कमाएको पैसा छोरालाइ पढाउन काम लाग्ला भनेर सहकारीमा बचत गरेँ। अहिले दिनदिनै धाउँदा पनि पैसा पाएको छैन,’ सहकारी संस्थाको कार्यालय नजिक भेटिएका वलीले भने, ‘व्यवस्थापकले मोबाइल फोन अफ गरेका छन्, कार्यालयमा भेटिँदैनन्।’ ब्यबस्थापक लाइ चिनियको पनी छैन , दैनीक बचत गर्न आउने समेत अहिले आउन छोडेको वलीले बताए । भोकको बेला राम्रो संग खाना समेत नखाएर जम्मा गरेको रकम ठगी गर्नेलाइ तत्काल कारबाही गरि रकम असुली गरिदिन सरोकारवाला संग उनले अनुरोध समेत गरेका छन ।

बिरेन्द्रनगरमा दैनीक ज्यालादारी गर्दै आएकी कल्पना देउजाले पनी मासिक रुपमा २५ सयका दरले जम्मा गर्दै आयकी छन । उनको अहिले सम्म ४७ हजार ५ सय पुगेको छ । सहकारीको बारेमा ठाउ ठाउ को समाचार आउन थालेपछी उनी पनी पटक पटक सहकारीमा पैसा माग्न गइन तर सहकारी का संचालकहरु भेटिएनन्। आफ्रनो बचत उठाउन आउने पनी अहिले एक महिना देखी आउन छोडेको उनले बताइन । छोरा छोरीको पठनपाठनका लागी मजदुरी गरेर कमाएको पैसा जम्मा गरेका बचत रकम निकाल्न चाहन्छन् तर सहकारीका सञ्चालकहरू सम्पर्क विहीन रहेको उनी बताउछिन। उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताइन । ‘एक महिना भयो सहकारी बन्द भएको, अब त पैसा समेत माया मारी सके ।

उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनको गुनासो छ । अहिले सुर्खेतमा रहेको मार्ट समेत बन्द गरेर ब्यबस्थापक फरार रहेको बचत कर्ताले बताए । समन्धित निकायले आफुहरुलाइ न्याय दिन समेत बचत बर्ताहरुले आग्रह गरेका छन ।