☰ open Loading... 18 February 2025|  

१२ वर्ष पछि अलपत्र पुल निर्माण सुरु
  | २४ फाल्गुन २०७९, बुधबार ०५:१३

दैलेख  :  सडक विभाग अन्तर्गत दैलेखको राकमकर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । ०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो । ०६७ सालमा ठेक्का भई २०७१ साल पुस मसान्त सम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा सम्झौता भएको थियो । सम्झौता भए पछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिलर मात्र उठाएर निर्माण कम्पनी बेपत्ता भएको थियो ।
कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्ष अघि निर्माण कार्य सुरु गरेको भए पनि बिचमा पुलको प्राविधिक स्टमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताए । उनले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताए । उनले भने आगामी एक वर्ष भित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ ।

पुल निर्माणका लागी दैलेख तर्फ बाट एक पिलर हालेर सुरु गरेका थियौँ अछाम भाग बाट पिलर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टमेट परिवर्तन गरे पछि बल्ल निर्माण कार्य सुरु गरौँ कम्पनीका प्रतिनिधि गिरीले भन्नुभयो अघिल्लो वर्ष एक पिलर हालेको र अर्को वर्ष भित्र सम्पन्न गर्छौ । १२ वर्ष अघि १३ करोड १३ लाखमा सम्झौता भएको थियो अहिले पनि त्यही लागतमा निर्माण गर्नु पर्ने समस्या कारण आफूहरूलाई काम गर्न चुनौती थपिएको उनको भनाई छ ।
आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवालले पुल निर्माण कार्य छिटो भन्दा छिटो सक्न कम्पनीलाई ताकेता गरिरहेको बताए । उनले नागरिकहरूले समेत आफूहरूलाई कहिले पुल बन्छ भन्ने प्रश्न बारम्बार सोध्ने गरेको समेत बताए । उनले पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्रको नयाँ सहरको बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ । यसअघि राकम कर्णालीमै मध्य पहाडी सडकअन्तर्गत राकमको बेलेखतमा पक्की पुल निर्माण भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्बन्ध विस्तारमा निकै सहज भएको छ ।