☰ open Loading... 16 February 2025|  

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त
  | ११ चैत्र २०७९, शनिबार ०५:२२

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

 

कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीको प्रतिष्पर्धामा रहेका भएपनि सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

 

अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी प्रहरीभित्र हक्की स्वभावका व्यावसायिक अधिकृत मानिन्छन् ।

 

आईजीपीमा नियुक्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने उनको भनाइ छ ।