| ११ चैत्र २०७९, शनिबार ०९:०७
कर्णाली सुदूरपश्चिम र प्रदेशका केही ठाउँमा रातिदेखि नै मेघ गर्जनसहित पानी परिरहेको छ ।पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण रातिदेखि नै सुदूरपश्चिम र कर्णालीको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको मौमसविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज दिनभरि नै यी दुई प्रदेशको मौसम बद्ली हुने अनुमान छ । पानी भने दिनभरि नपर्ने उनले बताउ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएराति पश्चिमी वायु प्रवेश गरेको थियो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रको मौसम पनि बेलुकीपख बद्ली भइ एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।अहिले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशको मौसम सामान्यतया सफा छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ ।





