| १८ चैत्र २०७९, शनिबार ०५:१४
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभाको नवौँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । मतदानमा सहभागी ३९ सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने विपक्षमा १ मत परेको थियो ।
उनले नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १४, नेकपा एमालेको ९, एकीकृत समाजवादीको १ र एक स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदकोसमेत मत प्राप्त गरेका हुन् ।
यसअघि उनले गत माघ ६ गते एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । राप्रपाले दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।