☰ open Loading... 8 February 2025|  

कर्णालीमा एमाले सरकारबाट बाहिरियो
  | २६ चैत्र २०७९, आईतवार १८:२७

कर्णाली प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। आज मुख्यमन्त्री राजकुमार शर्मा समक्ष उनीहरूले राजीनामा बुझाएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले सामूहिक राजीनामा बुझाएका हुन्।

एमालेले पनि कांग्रेससँग सरकारलाई विश्वासको मत दिएको थियो।