☰ open Loading... 16 February 2025|  

युबाहरुलाई निशुल्क ड्राईभिङ तालीम
  | ६ बैशाख २०८०, बुधबार ०५:३७

यामराज बिष्ट
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१चुप्पा बजारमा संञ्चालन गरिएको  एक महिने  निशुल्क ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा भएको तालिमको मंगलबार समापन गरिएको हो ।

कार्यक्रममा गाडी चलाउने ड्राइभिङ्ग तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागू गर्ने प्रतिबद्धता सहित यस्ता सिपमुलक तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा नारायण नगरपालिका ९का सुनिल गौतमले बताए ।उनले भने यस्ता तालिमले युवाहरुलाई स्वरोजगार बनाउनमा मद्धत पुग्ने बताए।

सिपमुलक तथा रोजगार विकास कार्यक्रम अन्र्तगत संञ्चालन गरिएको तालिममा दैलेख जिल्ला भरिका २० जनाको सहभागिता रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख कल्पना खत्रीले बताईन् ।उनले भनिन् पछिल्लो समयमा युववाहरु विदेश पलायन हुनेको संख्या बढेकाले यो तालिमले बेरोजगार युवालाई लक्षित गर्दै स्वरोजगार बनाउन सहयोग पुग्ने बताईन्।

तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनले भनिन् सिकेको सिपलाई कार्यन्वयन गर्दै सीप बिकासका लागि आत्मबल बढाउनु पर्नेमाू कार्यालय प्रमुख खत्रीले जोड दिईन् ।