☰ open Loading... 22 June 2024|  

कर्णाली प्रदेशमा एमालेको प्रमुख सचेतकमा पछाई चयन
  | ९ बैशाख २०८०, शनिबार ०५:२८

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतकमा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाई चयन भएका छन् ।

नेकपा एमाले संसदीय दलकाे बिहीबार बसेको बैठकले पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकले सबैको सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरेको  जानकारी दिए ।पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।