☰ open Loading... 19 June 2024|  

थपिए ७८ कोरोना संक्रमित
  | १० बैशाख २०८०, आईतवार ०५:२५

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत संक्रमितको मृत्यु भएको हो । शुक्रबार पनि एक जनाको मृत्यु भएको थियो ।

 

आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना संक्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

 

यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।