☰ open Loading... 12 June 2024|  

‘सरगम’ गजल गीत लोकार्पण
  | १२ बैशाख २०८०, मंगलवार १८:४६


वीरेन्द्रनगर, वैशाख १२ – मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. महेन्द्रकुमार मल्लद्वारा रचना गरिएको ‘सरगम’ गजल गीत लोकार्पण भएको छ । वीरेन्द्रनगरमा मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त गजल गीत लोकार्पपण गरिएको हो ।
गजल गीतमा प्रेमभावसहित बिछोडलाई शब्दहरु मार्फत खेलाईएको छ । डा. मल्लद्वारा लेखिएको उक्त गजल गीतमा शिवसंगितले स्वर दिएका छन् । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवन बहादुर शाहीको प्रमुख आतिथ्यतामा गजल गीत लोकार्पण गरिएको कार्यक्रमको नविल बैंकले सहयोग गरेको थियो । ‘आफुलाई साहित्यमा रहर उत्साह छ ।’ निवर्तमान मुख्यमन्त्री शाहीले भने, साहित्यले समाजलाई परिवर्तन गर्छ । समाजको यथार्थ चित्रण देखाउँछ ।’
बरिष्ठ अधिवक्ता तथा कर्णाली प्रदेश सरकारका पूर्व न्यायाधिवक्ता धुव्र कुमार श्रेष्ठले कर्णालीमा संगीतको माहोल राम्रो हुँदै गईरहेको बताए । यो गजल निकै मार्मीक र सन्देशमुलक रहेको श्रेष्ठले बताए । कार्यक्रममा गीतकार तथा नेपाली भाषा साहित्य विद् डा.महेन्द्रकुमार मल्लले विद्यार्थी जिवनदेखि रचनामा रुचि रहेपनि ब्यस्तताले जीवनको पछिल्लो समय आफुलाई रचनातिर अग्रसर गराईरहेको बताए । कार्यक्रममा रचना बाचन समेत गरिएको थियो । मध्यपश्चिम गजल मञ्ज सुर्खेतले गीत लोकार्पण एंवम रचनावाचक कार्यकम गरेको थियो ।