| १८ बैशाख २०८०, सोमबार ०५:२१
काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै कोरोनाका सक्रिय संक्रमितकाे संख्या ३२८ जना पुगेको हो । यसरी संस्थागत आईशोलेशनमा २८ जना रहेका छन् । आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढ्न सक्ने भन्दै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।