☰ open Loading... 7 September 2024|  

सेवाग्राहीलाई गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
  | १९ बैशाख २०८०, मंगलवार ०५:३९

हुम्ला । खार्पुनाथ गाउँपालिकाले आफ्ना गाउँपालिकाका स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुगाएर सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सो सेवा प्रदान गर्नेभएको हो ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले गाउँपालिकाले लामो समयपछि एम्बुुलेन्स गाउँपालिकामा ल्याउन सफल भएपछि सञ्चालनमा आएपछि अब गाउँपालिकाभित्रका सेवाग्राहीका लागि जिल्ला अस्पतालसम्म निःशुल्क सेवा प्रदान गर्ने बताए । सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको एम्बुुलेन्स हाल नल्नमा तयारी अवस्थामा राखिएको छ ।

गाउँपालिकाका सेवाग्राही बिरामी परेमा जिल्ला अस्पतालसम्म निःशुल्क सेवा प्रदान गरिने बताए। एम्बुुलेन्स आउनुअगाडि गाउँपालिकाले बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरेकोथियो । उहाँले अब आफ्नै एम्बुुलेन्स गाउँपालिकामा आइपुुगेपछि बिरामीको अस्पतालसम्म उद्धार गर्न सहज भएको बताए ।

सो एम्बुुलेन्स २०७६ मा भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको थियो । माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण एम्बुुलेन्सलाई गाउँपालिकासम्म ल्याउन कठिनाई भएको थियो । यसअघि पनि हेलिकोप्टरबाट ढुवानी प्रयास गाउँपालिकाले गरेको भए पनि त्यो हुन सकेको थिएन ।

एम्बुुलेन्स लामो समय काठमाडौं राख्नुपरेको थियो । जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि सो स्थानसम्म एम्बुुलेन्स ल्याइएको थियो ।