| २४ बैशाख २०८०, आईतवार ०५:२१
दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।
आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)