☰ open Loading... 14 January 2025|  

दैलेखमा सवारी चेकजाँचमा कडाई
  | २ जेष्ठ २०८०, मंगलवार ०६:०७

 

यामराज बिष्ट
दैलेख ।दैलेखमा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले सवारी चेकजाँचमा कडाई गरेको हो ।

ट्राफिक नियम थाहा भएर पनि पालना नगर्ने, मादक पदार्थ सेबन गरि सबारी साधन तिब्र गतिमा चलाउँदा दुर्घटनामा बृद्धि भएको भन्दै चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख प्रहरी नायव निरीक्षक भिम बहादुर खत्रीले बताए ।

No description available.

 

सोमबार ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ । सोमबार३४ भन्दा बढी जिप ,मोटरसाईकल ,टेक्टर,अटो रिक्सा र बसलाई कारबाही गरिएको प्रहरी नायव निरीक्षक  खत्रीले जानकारी दिए।

दैलेख ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई सदैव निरन्तरका साथ फरक–फरक समय र फरक–फरक स्थानमा चेकजाँच, आकस्मिक चेकजाँच तथा निरन्तर चेकजाँच गर्दै आएको छ ।