☰ open Loading... 8 February 2025|  

टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन
  | ५ जेष्ठ २०८०, शुक्रबार ०५:२५

काठमाडौं । टोफल आईबीटी परीक्षालाई निरन्तर रूपमा परिष्कृत गर्दै सहज र सुविधाजनक बनाउन ईटीएसले आगामी केही महिनाभित्र नै परीक्षार्थीहरूले अनुभव गर्नेगरी प्रणालीमा परिवर्तन गरेको छ ।

अब २ घण्टाभन्दा कम समयमा नै सकिने

आगामी ७ साउनबाट लागू हुनेगरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइन लागिएको हो । यो प्रणाली लागू भएपछि परीक्षा २ घण्टाभन्दा कम समयमा नै समाप्त हुनेछ । अहिले परीक्षा दिन ३ घण्टाभन्दा बढी लाग्ने गरिरहेको छ ।

७ साउनबाट परीक्षा प्रणालीमा केही परिवर्तनसमेत हुने भएको छ । ईटीएसका अनुसार अब परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र बहाव कायम रहनेछ ।

यस्तै, नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलका लागि लेखन’ कार्य हुनेछ । यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने ईटीएसले जनाएको छ । साथै, पठन खण्ड छोटो हुनेछ भने अंकभार नभएका सबै प्रश्न हटाइनेछन् ।

यसैगरी, परीक्षाका लागि रेजिस्ट्रेसन प्रक्रिया सरल हुनेछ । परीक्षामा सामेल हुन चाहनेहरूले आफैं अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रूपमा रजिस्टर गर्न सक्नेछन् ।

आगामी १० साउनबाट परीक्षार्थीले प्राप्त गर्ने अंकसमेत पारदर्शी हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भएलगत्तै हेर्न सक्नेछन् । यसका साथै अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन् ।

‘शिक्षा र सिकाइका क्षेत्रमा ईटीएसले नयाँ प्रविधिको प्रयोग गरेर मूल्यांकन गर्ने प्रक्रियालाई नवीन बनाउँदै लगेको छ, टोफल त्यो प्रयासको केन्द्र हो,’ ईटीएसका सीईओ अमित सेवकले भने, ‘यस प्रकारका उद्योगका लागि टोफल लगभग ६ दशकदेखि एक मानकका रूपमा स्थापित छ र यी परिवर्तनले यलाई अझ जोड दिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेका यी परिवर्तन हाम्रा ग्राहक र सरोकारवालाको आकांक्षाबमोजिम विकसित गरिएको हो ’cause उनीहरूलाई सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परीक्षार्थीले पनि नयाँ परिवर्तनहरूलाई अनुभव गर्न चाहेमा निःशुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्ने ईटीएसले जनाएको छ । उसले त्यो लागू हुनुअगावै पनि परीक्षामा सामेल हुन सक्ने पनि बताएको छ ।

यसका साथै नयाँ विकसित टोफल आईबीटी निःशुल्क अभ्यास सामग्रीको अद्यावधिक संस्करण टोफलको वेबसाइटमा उपलब्ध भइसकेको र थप निःशुल्क तथा सशुल्क परीक्षा तयारी सामग्री आगामी केही सातामा अद्यावधिक गरिने ईटीएसले जनाएको छ ।

ईटीएसका अनुसार, स्कोर प्रयोगकर्ताका लागि, टोफल आईबीटी अंकभार उस्तै रहनेछ । त्यसैले तिनीहरूका आवश्यकता पनि उस्तै रहन सक्छन् । टोफल परीक्षाको अंक विश्वभरमा सबैभन्दा भरपर्दो, मान्य र सुरक्षित विकल्प बनेको छ । र अब यी अतिरिक्त परिवर्तनपश्चात् स्कोर प्रयोगकर्तालाई परीक्षार्थीले थप उत्साहप्रद रूपमा समयको बचत गर्दै र चिन्ता मुक्त रहँदै परीक्षा दिइएको हो भन्ने विषयमा आश्वस्त हुन सक्छन् ।

ईटीएसद्वारा सिर्जना गरिएको टोफल आईबीटी परीक्षा, अध्ययन, काम र आप्रवासनका लागि प्रयोग गरिने शैक्षिक अंग्रेजी–भाषा प्रवीणताको सबैभन्दा सम्मानित, स्वीकृत र रुचाइएको परीक्षा हो । विश्वभरका १ सय ६० भन्दा बढी देशमा ११ हजार ५ सयभन्दा बढी संस्थाले टोफल आईबीटी स्कोर महत्वपूर्ण निर्णय लिन प्रयोग गर्छन् ।

यो परीक्षा संयुक्त राज्य अमेरिका, क्यानडा, यूके, आयरल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्डसहित अंग्रेजी भाषा बोल्ने प्रमुख गन्तव्यमा शतप्रतिशत स्वीकार गरिन्छ । परीक्षा दशकौंको अनुसन्धानले स्थापित गरेको छ भने यसले लाखौं विद्यार्थीलाई उनीहरूको विदेश अध्ययन गर्न मद्दत गरेको छ ।