☰ open Loading... 18 January 2025|  

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट
  | ५ जेष्ठ २०८०, शुक्रबार ०६:१०

 

यामराज बिष्ट
दैलेख । दैलेखको डुङ्गेश्वर गाँउपालिका वडा न -१चुप्रा बजारमा म्याद गुज्रेका खाद्य पदार्थ जफत गरिएको छ।बिहीबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार, उद्योग बाणिज्य संघ दैलेख लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा चुप्रा बजारका विभिन्न ठाँउबाट म्याद गुज्रेका दैनिक उपभोग्य सामग्री जफत गरेको हो।

 

No description available.

 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , चियापत्ती,सव्जी मसला,पे–पदार्थ जफत गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्रीले जानकारी दिईन्।

उनले भनिन् अनुगमनका क्रममा डुङ्गेश्वर चुप्रा बजारमा रहेका होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे–पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको थियो । होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा अवैध रूपमा उत्पादन गरिएका घरेलु मदिरा ,बिस्कुट, पेय पदार्थ लगायतका सामग्री प्रहरीको रोबरमा नष्ट गरिएको उनले बताइन् ।

No description available.

 

जफत गरिएका म्याद गुज्रेका उपभोग्य सामग्री नारायण नगरपालिका -९चुप्रा बजार नजिकै जलाएर नष्ट गरिएको बजार अनुगमनमा खटिएका डुङ्गेश्वर गाँउपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले जानकारी दिईन् । बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको उपाध्यक्ष न्यौपानेले बताईन्।

म्याद गुज्रेको सामग्री डुङ्गेश्वर गाँउपालिका वडा नं-१का वडाध्यक्ष श्याम बहादुर राना, जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रि, दैलेख उद्योग बणिज्य संघका महासचिव प्रकाश पैड्याल, डुङ्गेश्वर गाँउपालिका स्वास्थ्य शाखाका संयोजक दिपक रावत लगायतको उपस्थितिमा सामग्री नष्ट गरिएको हो। नष्ट गरिएको सामग्रीको मूल्य १२ हजार मूल्य बराबरको रहेको छ।