☰ open Loading... 5 November 2024|  

गरिब र विपन्न विद्यार्थीको सहयोगका लागि अक्षय कोष
  | १० जेष्ठ २०८०, बुधबार २१:५४

 

यामराज बिष्ट दैलेख –महाबु गाउँपालिका -२ का वडाध्यक्ष प्रकाश राज थापाले गरिब र विपन्न विद्यार्थीको सहयोगका लागि १लाख११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका छन्।वडाध्यक्ष थापाको सहयोगमा शिव नेपाल राष्ट्रियआधारभूत विद्यालयमा आफ्ना स्वर्णिय आमाको सम्मानमा लता थापा स्मृती अक्षय कोष स्थापना गरेका हुन् ।

अक्षयकोष बापतको रकमको चेक वडा अध्यक्ष थापाले बुधबार एक कार्याक्रमबीच विद्यालयका प्रधानाध्यापक भगीराम केसिलाई हस्तान्तरण गरेका छन् । अक्षय कोषबाट हुन आउने व्याजले हरेक शिक्षा क्षेत्रमा लगानी वृद्धिगरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकालाई शिक्षा क्षेत्र ठुलो सहयोग हुने वडाध्यक्ष थापाले बताए ।

No description available.

यस्तै महाबु गाँउपालिकाकी कार्यबाहक अध्यक्ष मञ्जु कमारी पाण्डेले अक्षय कोष स्थापनाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान ठुलो सहयोग हुने बताइन् । न्यून आयस्रोत भएका तथा विपन्न घर परिवारका बालबालिकालाई पठनपाठनमा सहज समेत सहयोग हुने जानकारी दिईन् ।