☰ open Loading... 22 September 2023|  

ग्रामीण विकास सेवा केन्द्र दैलेखको अध्यक्षमा स्वर्णकार
  |

 

दैलेख –ग्रामीण विकास सेवा केन्द्र दैलेखको २९ औँ साधारणसभा तथा नौं अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले मिरा कुमारी स्वर्णकारको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

समितिको उपाध्यक्ष उपाध्यक्ष लीला गुरुङ,सचिव भद्र बहादुर केसी,कोषाध्यक्ष तारा कुमारी शर्मा चयन भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा रिना पोख्रेल,डीलबहादुर नेपाली नरेन्द्र थापा मगर रहेका छन् ।यस्तै ग्रामीण विकास सेवा केन्द्रले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ ।अधिवेशनको उद्घाटन शत्रको अवसरमा संस्थालाई उल्लेखनीय भूमिका निर्वाह गरिरहेका संस्थाका सस्थापक सदस्य मोहन सुनार, संस्थाका पुर्व अध्यक्ष लालबहादुर गुरुङ्गलाई सम्मान गरेको हो।

संस्थाका निर्वतमान अध्यक्ष बिमला शर्माले आफ्नो कार्यकालमा संस्थाको विकास र हितमा रहेर दृढतापूर्वक काम गरेको बताईन् । उनले भनिन् संस्थालाई थप उचाईमा पुत्याउन नवनिवाचित कार्यसमितीले काम गर्नुपर्ने बताईन् ।

No description available.

 

यस्तै नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्माले नगरपालिकाले विभिन्न संस्था संग समन्वय गरेर काम गरिरहेको बताए ।नगरपालिकाले प्रवद्र्धन गर्न प्राथमिकता दिइरहेको संस्थाले अझै राम्रो काम गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्यूष्टि पार्टि( माओवादी केन्द्र) दैलेखका इन्चार्ज प्रेम कटुवाल, नेपाल कम्यूष्टि पार्टि (एमाले) दैलेखका पार्टि अध्यक्ष रविन्द्रराज शर्मा, नेपाली काग्रेस दैलेखका कोषध्यक्ष शैलेस श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

!-- .entry-content -->