☰ open Loading... 21 September 2023|  

प्रधानमन्त्री प्रचण्ड आज दैलेख आउँदै
  |

दैलेख –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख आउने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् ।

प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ ।

!-- .entry-content -->