मुगु । उचित संरक्षण र बैज्ञानिक विधिको अवलम्वन नगरी यार्सागुम्वु टिप्दा जडीवुटी टिप्दा जडीबुटीका यहाँका पाटनहररु खोक्रो हुन थालेका छन ।
वर्षको एक पटक यार्सागुम्वुलगायत अन्य जडीवुटी कोरेर मोटो रकम कमाएर जीवनस्तर फेरेका जिल्लाका स्थानीयवासीका लागि आय, आर्जन र आम्दानीको प्रमुख श्रोत भए पनि वर्षेनी यार्सा कोर्दै र दोहोन गर्दै जाने तर संरक्षण भने स्थानीयवासीहरुले नगर्दा जिल्लाका जडीवुटीका पाटन वर्षेनी खोक्रो बन्दै गएका हुन् ।
जिल्लामा पाइने धेरै प्रजातिका जडीवुटी मध्ये यार्सा भने प्रमुख जडवुटी भए पनि वर्षेनी पाटनमा दोहोन गर्दै जाँदा अघिल्लो वर्षको तुलनामा दोव्वरले खोजी तथा संकलनकर्ताले कम पाउन थालेपछि पाटन भने रित्तिदै गएको अनुमान गरिएको छ ।
मुगु जिल्लाको कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका पाटनहरु रिमार, कोइकी, सानो कोइकी हाङदाङ खोला, छापाखोला, च्र्याखु दोल्फुको पाटन, टाँके र मह गाउँको पाटन लगाएतका पाटन क्षेत्रमा यार्सा टिप्ने गरीएको छ ।
उक्त क्षेत्रमाडेढ दशक वाट यार्सा खोजी गरीरहेका मुुगुम कार्मारोङ गाउपालिकाका का धावासाङवो लामा आफुले शुरुका वर्षहरुमा एक हजार भन्दा वढी टिपे पनी हाल १ सय सम्म पनी पाउन कठिन हुने र पाटन रित्तीदै जाँदा अव संरक्षण नगरे यार्साको नामनिसाना पनी नरहने सक्ने उनको भनाई छ ।
त्यस्तै अन्य जडीवुटी चिराइतो, कटुकी, पाँच औले पनी भदौ ,असोजमा टिपीने जडीवुटीहरु हुन । यस्ता जडविुटी जिल्लाकै हिमाली भेगका वन र पाटनमा पाईने गर्दछन । यस्ता जडीवुटी टिपेर वर्षेनी कमाईे गर्ने तर संरक्षण नहुने गरेका कारण पाईनै छोडेको स्थानिय वताउछन । स्थानिय निकायाले पनी जडीवुटी संकलन कर्ता बाट संकलन दस्तुर मा मात्र लग्ने काम नगरी संकलन कर्तालाई संरक्षण .स गर्न तिर उत्साही पनी गराउनु पर्ने देखीन्छ ।
मुगु जिल्लाको कार्मारोङ गाउपालिका दोल्फु , एतका अन्य केहचिताई ,मुगु किम्री ताखा, पुअ खारी , रिउस, दाउरा, सेरोग, माग्री, मह, कार्ति, किम्रीलगाीबस्तीका स्थानीयवासीहरुको पनि आयआर्जनको प्रमुख श्रोत नै जडीवुटीलाई हो । स्थानीयले जडीवुटीको कमाइवाटै दैनिक घर खर्च चलाउने गर्थे । यहाँका बासीन्दाको रोजगारी र आय आर्जन नहुदा कार्मारोङका स्थानीय वासीलाई मुहार नै फेरीएको थियो । स्थानीयहरुको सरकारी तथा वैदेशिक रोजगारीमा नगई जडीवुटीलाई मात्र ताकेर गएका बर्षहरुमा स्थानीय एक घरधुरीले वर्षमा न्युनतमा ३ लाख भन्दा वढी कमाई गर्ने गरेको स्थानियवासी वताउछन ।
जडीवुटीले स्थानियको मुहार फेरीए पनी व्यवस्थीत रुपमा संकलन नहुदा भने वर्षेनी जडीवुटी उत्पादनमा घट्दै गएको छ । गएका ७ बर्ष यता यार्सा बर्षेनी कम हुदै गएको र पाईन पनी छाडेको स्थानिय तोर्चे तामाङ बताउछन । जडीबुटी संकलनको लागी बर्ष झनै यार्सा खोजी गर्ने प्रती ब्यक्तीले २० देखी ५० सम्म मात्र पाईएको र पाटनमा हिउँ पनी नपग्लीएको यार्सा पनी नउमे्रको पाटन बाट फर्केका स्थानिय तामाङ बताउछन ।
त्यस्तै गरेर यार्साको खोजी बाट फर्केका जुम्ला पाण्डुगुफा ६ का हरी कृष्ण रोकाया आफुले १४ दिन पाटनमा बसेर यार्सा १८ वटामा मात्र पाएको पाटनमा यार्सा नै पाउन छाडेछ उनीबताउछन ।
बर्षेनी पाटनमा दोहोन मात्रैगरी रहदा संरक्षण र उत्पादनको नौलो प्रकृती एवं प्रविधी तिर चासो नदिदा यहाँका जडीबुटी पाटनमा कम पाउन थालिएको हो । पछिल्लो समय मुगुका जडीबुटीका खानी मानीने पाटन डेढ दशक यता दोहोन गर्दै जादा पाटन रित्तीदै गएका हुन ।
स्थानीयहरुले हतारमै टिपेर वेचविखन गर्दा वर्षेनी वनमा अघिल्लो बर्ष भन्दा पछिल्लो वर्ष कम यार्सागुम्बु लगाएत अन्य जडीबुटी संकलन हुने गरेको हो । यस्तै प्रारम्भिक वातावरीय प्ररीक्षण प्रतिवेदन अनुसार बनमा संकलन नगर्नु, संकलन गर्दा जथाभावि रुपामा गर्नु ,स्थानियले संरक्षण सही रुपमा संरक्षण नगर्दा र जडीवटी नहुदै संकलन गर्दा जडीवुटी उत्पादनमा हा्रस आएको जिल्ला डिविजन बन कार्यलय मुगुका निमित्त डिविजन बन अधिकृत निरज झाले बताए ।
जिल्लामा केही बर्ष अगाडी सिलाजित लगाएत अत्याधिक मात्रामा पाईने जडीवुटी हाल आएर लोपउन्मुख अवस्थामा दजनौ जडीवुटी रहेका छन ।