☰ open Loading... 12 June 2024|  

खोलाले बगाउँदा एक किशोरीको मृत्यु
  | ९ असार २०८०, शनिबार ०५:३०


दैलेख  :  खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका–४ माझचौरकी १७ वर्षिया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खवर गरेपछि घटना बारे सत्थ्य तथ्य बझुन प्रहरी घटना स्थलमा पुगीसकेको जानकारी दिए । त्यस्तै चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका–५ मा दुई जना घाइते भएका छन् ।

स्थानीय रुद्र बहादुर गिरीको घरमा परेको चट्याङ लागेर उहाँकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरी र छोरी १६ वर्षीया माया गिरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।