☰ open Loading... 22 September 2023|  

नारायण नगरपालिकाको बजेट ५८करोड
  |

 

दैलेख –नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ५८ करोड १९ लाख ६७हजार ६ रुपैयाँको बजेट ल्याएको छ ।१२औं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख तप्ता कुमारी थापाले चालु तर्फ ४५ करोड २८ लाख ९८ हजार ३सय ६ पुँजीगततर्फ १२ करोड ९० लाख ६८ हजार ७ सय गरी कुल ५८ करोड १९ लाख ६७ हजार६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

त्यस्तै संघीय सरकारको शर्शत कार्यक्रमतर्फ २८ करोड ८६ लाख, प्रदेश सरकारको शर्शत कार्यक्रम तर्फ २ करोड ४० लाख ९० हजार र प्रदेश समपुरक तर्फ आएको १ करोड ५० लाख बराबरको बजेटलाई आयतर्फ विनियोजन गरिएको छ ।

नगरपालिकाले बजेटलाई शिक्षा, स्वास्थ्य, पर्यटन,सिपमुलक तालिम,खानेपानीका धाराहरु मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको नगर प्रमुख लोमन शर्माले बताए ।

उत्कृष्ट काम गरेवापत कर्मचारी सम्मानीत

नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा नगरपालिकामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा पशु सेवा शाखाका प्राविधिक चित्र प्याकुरेल, कृषि शाखा प्रमुख खेमराज शर्मा,घनश्याम रेग्मी  ,चन्द्र बहादुर विक,कुष्णा रेग्मी,मान बहादुर बिष्ट ,प्रभाखर रेग्मी,सुनज खत्री,मान बहादुर सुनार,पुर्ण बहादुर थापा,डिल बहादुर थापा,तिर्थ बहादुर बस्नेत,बिष्णु प्रसाद उपाध्याय,प्रेम शाही,रजनी थापालाई रहेको बताइएको छ ।

!-- .entry-content -->