☰ open Loading... 24 April 2024|  

रोजगारीका लागि भारत जाने चलन यसरी कम गर्दैछ आठबीस नगरपालिका
  | ११ असार २०८०, सोमबार ०५:५२

दैलेख –आठबीस नगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।१३औं नगर सभामा नगर उपप्रमुख कल्पना थापाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।

नगरपालिकाको नीति तथा कार्यक्रममा ४९ करोड ७५ लाख विनियोजन गरेको छ। आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख ७५ हजार,सामाजिक विकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार,पूर्वाधार क्षेत्रमा ९ करोड ९४ लाख,कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा २९ करोड ८५ लाख अनुमानित विनियोजन गरिएको छ।

नगरपालिकाको नीति तथा बजेटमा भारत र तेस्रो मुलुकमा रोजगारीका लागि निर्भर युवाहरूलाई सिप र श्रमको उपयोग गरी रोजगारी सृजन गर्ने, कृषि तथा पशुपालन पेसालाई व्यावसायिक रोजगारमूलक बनाउने, आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि, हरियाली आठबीस अभियान संचालन गर्ने लगायतका विषय कार्यक्रममा प्रस्तुत गरिएको छ।