☰ open Loading... 23 June 2024|  

मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु
  | १६ असार २०८०, शनिबार २०:५६

दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मुत्यु भएको छ ।

मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिक रहेका प्रहरीले जनाएको छ । मृत्यु हुने विक स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख हुन् ।

 

बुधवार राति राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवालाई प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।

मृतक वली निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत थिए । स्वास्थ्य चौकीमा प्रमुख नभएपछि उनले निमित्त प्रमुखको जिम्मेवार पाएका थिए ।