☰ open Loading... 24 July 2024|  

काँग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको छ: उपसभापति खड्का
  | ९ श्रावण २०८०, मंगलवार ०५:२०

कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताएका छन्।

सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो बताएका हुन्। उनले काँग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि जिकिर गरे। गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै उनले गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा गएको स्पष्ट पारे। उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्था अनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाली काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ, न काँग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि बढ्छ। यो कुरामा काँग्रेस स्पष्ट हुन जरुरी छ। म गर्न हुँदैन भन्दिन, हामी आफ्ना एजेण्डा बोकेर गठबन्धनमा छाैँ, गठबन्धनको सीमा पनि बुझेका छौँ, यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा गएको छ। र हामीले यो गठबन्धनलाई ५ वर्ष लिएर जानु छ। कुनै दुविधा छैन। त्यो ५ वर्ष लिएर जाँदा नेताहरुले, साथीहरुले भन्नुभएको जस्तै सरकारले जनतालाई दिनुपर्ने प्रतिफल सरकारले आर्थिक अवस्था अनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा हामी सरकारमा जाने प्रत्येक मन्त्रीहरु, व्यक्तिगत रुपमा र सामुहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार, एजेण्डाप्रति इमान्दार हुन जरुरी छ।’

उपसभापति खड्काले नेपाली काँग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताए। उनले समाजवादी मोर्चा काँग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको सुनाए। काँग्रेस केन्द्रिय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ